२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्वसाधारणका लागि सिंहदरबारको गेट खुला गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद ज्वालाले सर्वसाधारण सहज तरिकाले सिंहदरबारमा पुगेर मन्त्रालयमा गई जनप्रतिनिधिसँग आफ्ना माग राख्ने व्यवस्था गर्न माग गरेका हुन् ।
सिंहदरबार छिर्नका लागि अहिलेसम्म चाहिने पासको व्यवस्था हटाउन पनि उनले माग गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij