Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

समाचार लेखेकै कारण उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ

समाचार लेखेकै कारण उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ


  • 7.0K
    Shares

    समाचार लेखेकै कारण उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकार पक्राउ

    काठमाडौं । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो ।

    purji.jpg

    अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

    केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।

    समाचार प्रकाशनपछि प्रहरीले नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । तर, प्रहरीले सो आदेशको अवज्ञा गरेको छ । 

    pp.jpg

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १४:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij