Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

भारतमा नेपाली युवक माथी गोली प्रहार, मोटरसाइकल चोरेर नेपाल ल्याउने गरेको खुलासा

भारतमा नेपाली युवक माथी गोली प्रहार, मोटरसाइकल चोरेर नेपाल ल्याउने गरेको खुलासा


  • 5.0K
    Shares

    भारतमा नेपाली युवक माथी गोली प्रहार, मोटरसाइकल चोरेर नेपाल ल्याउने गरेको खुलासा

    काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको बाराबंकीमा प्रहरीको गोली लागेर एक नेपाली युवक घाइते भएका छन् ।

    उत्तर प्रदेशको बाराबंकी शहरमा तीन जना अभियुक्तलाई समात्न प्रहरीले गोली चलाएको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । मंगलबार बिहान राति रेन्दुवा पल्हडी मोडमा प्रहरीले शंकास्पद व्यक्तिहरु रहेको सूचनाका आधारमा खोजी कार्य थालेको भनिएको छ ।

    त्यसक्रममा मोटरसाइकलमा सवार उनीहरुलाई रोक्ने कोशिस गरिएको तर, उल्टै प्रहरीतर्फ गोली चलाएपछि जवाफी कारबाही गर्नु परेको भनिएको छ । पक्राउ पर्नेमा नेपाली नागरिक टीलु पहाडी भनिने तिलक थापा, बिहारका मोहम्मद साजिद अन्सारी र मोहम्मद खुर्शीद छन् ।

    प्रहरीको गोली लागेर घाइते थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुई भारतीय नागरिकलाई भने केही भएको छैन ।

    थापाले भारतमा चोरिएका मोटरसाइकल नेपालमा ल्याएर विक्री गर्ने गरेको भनिएको छ । यो गिरोहबाट चोरीका ५ वटा मोटरसाइकल, ८८ ग्राम चाँदी, २ हजार १९० रुपैयाँ नगद र .३१५ बोरको हतियार र केही गोली बरामद भएको भनिएको छ ।

    थप अनुसन्धान भइरहेको बताइएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १९:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij