Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

त्रिशूलीमा खसेर पुल बनाउँदै गरेका एक मजदुरको मृत्यु, दुई बेपत्ता

त्रिशूलीमा खसेर पुल बनाउँदै गरेका एक मजदुरको मृत्यु, दुई बेपत्ता


  • 6.6K
    Shares

    त्रिशूलीमा खसेर पुल बनाउँदै गरेका एक मजदुरको मृत्यु, दुई बेपत्ता

    चितवन । चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको मृत्यु भएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।

    चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस राख्ने क्रममा खस्दा एक जनाको मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार त्रिशूलीमा खसेका अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहान ९ बजेतिर पुलमा ट्रस राख्ने क्रममा ट्रससहित उनीहरु नदीमा खसेका लामिछानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हराइरहेका दुई जनाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरीसहित उद्दार टोली खटिएका छन् । यसअघि निर्माणाधीन यो पुलको पूर्वी भाग भत्किएको थियो । अहिले भने पश्चिमपट्टीको भागमा ट्रस राख्ने क्रममा मजदुर खसेका हुन् । 

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १४:३२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij