Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

प्रदीप नेपालको इच्छापत्र- मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू

प्रदीप नेपालको इच्छापत्र- मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू


  • 7.4K
    Shares

    • images
    प्रदीप नेपालको इच्छापत्र- मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जलीका लागि नराख्नू

    काठमाडौं । मंगलबार अपरान्ह निधन भएका नेकपा एमालेका नेता प्रदीप नेपालको सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ । एमाले नेता समेत रहेका भाइ समिर नेपालका अनुसार स्वर्गीय दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो ।

    पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।

    आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदीप नेपालको हकमा तोडिने भएको छ । परिवारका सदस्य पनि यसको विपक्षमा रहेको बुझिएको छ ।

    नेता नेपाल एमाले र माओवादीबीच पार्टी एकता भएदेखि नै लगभग निष्क्रिय थिए । उनी तत्कालीन नेकपाको पोलिटब्युरो सदस्यमा राखिए पनि कुनै बैठकमा सहभागी भएनन् । नेकपा विभाजनपछि उनी एमालेमा रहेर पनि सक्रिय थिएनन् । एमाले विभाजनपछि माधव नेपाल पक्षले उनलाई पार्टीको कमिटीमा राखे पनि स्वीकार गरेनन्, बरु एमालेमै सदस्यता नवीकरण गरेर बसे ।

    तर, विगत एक दशकभन्दा लामो समयदेखि उनी पार्टी राजनीतिमा थिएनन् । स्वास्थ्यका कारण समेत नेता नेपाल सक्रिय नभएको भाइ समिर नेपालले बताए । उनी कम्युनिस्ट पार्टीहरुको विभाजन र नेतृत्वका गतिविधिसँग असन्तुष्ट थिए ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १६:३८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij