Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्कुल बस दुर्घटना, २० जना घाइते

स्कुल बस दुर्घटना, २० जना घाइते


  • 1.7K
    Shares

    • images
    स्कुल बस दुर्घटना, २० जना घाइते

    काठमाडौं ।  उदयपुरगढी गाउँपालिका–६ मवासेमा लिटिल फ्लावर्स बोर्डिङ स्कुलको बस ब्रेक फेल भएर दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी २० जना घाइते भएका छन्।

    नेपालटारबाट गैयातर्फ जाँदै गरेको ना ३ ख ६१९५ नम्बरको बस मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेमध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ भने शिक्षक बेद बहादुर राईलाई धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र छात्रा प्रिन्षा परियारलाई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    सोमबार साँझको उक्त दुर्घटनापछि बस चालक बिर बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १३:५८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij