Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या

ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या


  • 603
    Shares

    ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या
    images

    भारत । भारतको उत्तर प्रदेश प्रहरीले हत्यासम्बन्धी एउटा प्रकरण सुल्झाएको छ । 

    ब्याज तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि ऋणीले एक व्यक्तिको घाँटी थिचेर हत्या गरेको विषय प्रहरीले अनुसन्धान गरी टुंग्याएको हो । हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी जेल पठाएको छ ।

    गएको मे २ मा भारतको हसनपुरको मोहल्ला होलीवाला निवासी हनिफ उर्फ इलैचीको शव उनकै घरभित्र बन्द अवस्थामा फेला परेको थियो। हनिफ घरमा एक्लै बस्थे । दोस्रो विवाह गरेका उनले मानिसहरूलाई ब्याजमा पैसा दिइरहन्थे ।

    तर एक्कासि उनको शव फेला पर्‍यो । आइतबार प्रहरी उपरीक्षक अमित कुमार आनन्द र हसनपुरका सीओ दीप कुमार पन्तले संयुक्त पत्रकार सम्मेलनमा घटनाबारे खुलासा गरेका हुन् । 

    उपरीक्षक आनन्दले बताएअनुसार काशीराम कोलोनी निवासी शमशेरले चार महिनाअघि हनिफबाट ब्याजमा २० हजार रुपैयाँ ९भारु० लिएका थिए । रकम लिन उनले आफ्नो मोटरसाइकल धितो राखेका थिए । फेरि पछि  शमशेले ब्याट्री धितो राखेर अर्को पाँच हजार रुपैयाँ पनि लिएका थिए । 

    तर ब्याज तिर्न नसकेका शमशेर अप्रिल २९ मा आफ्नी श्रीमती शाज्मालाई लिएर हनिफकहाँ पुगे । ती उपरीक्षकका अनुसार दुवैले ब्याज तिर्न केही समय मागेका थिए । शाज्मा बरन्डामा बसिरहेकी थिइन् भने हनिफ र शमशेर कोठामा कुरा गरिरहेका थिए। 

    उक्त क्रममा हनिफले आफ्नी श्रीमतीलाई एक महिनाका लागि आफूसँगै छोड्न भनेका शमशेरले प्रहरीसँगको बयानमा भनेका छन् ।  एक महिनालाई श्रीमती दिए पैसा र ब्याज नलिने हनिफले भनेका शमशेरले पनि प्रहरीसँग बयान क्रममा भनेका प्रहरीले बताएको छ । 

    यस्तो प्रस्ताव सुनेपछि शमशेरले हनिफको घाँटी तौलियाले थिचेर हत्या गरे । ती उपरीक्षकले भने, पछि दुवै जनाले शवलाई एउटा बक्समा बन्द गरेर मोटरसाइकल र ब्याट्री लिएर भागेका रहेछन् । 

    मृतकको घर नजिकै जडान गरिएको सीसीटीभी फुटेज र उनको मोबाइल फोनबाट यो घटनाबारे खुलासा भएको हो । सोधपुछका क्रममा दम्पतीले पनि घटना स्वीकार गरेका प्रहरीले जनाएको दैनिक जागरणले लेखेको छ । अभियुक्तहरूलाई जेल पठाइएको छ । 

    यो मुद्दा सुल्झाएको खुसियालीमा उपरीक्षकले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार पनि दिएका छन् । 

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १०:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij