२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज बजारमा सुनको मूल्य प्रतितोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ भने अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार पैतितोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij