Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

बलेरो गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले गर्न थाल्यो अनुसन्धान

बलेरो गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले गर्न थाल्यो अनुसन्धान


  • 2.7K
    Shares

    बलेरो गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले गर्न थाल्यो अनुसन्धान

    काठमाडौं । गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले अध्ययन गर्न थालेको छ ।  खानी तथा भूगर्भ विभागको टोली मंगलबार बिहान हेटौडा आइपुगेर काम सुरु गरेको छ ।

     उक्त टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्ने भएको छ । 

    विभागका भूगर्भविद् नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताएका छन् । घटना स्थलको सतह मुनि माटोको बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी रहेको अधिकारीले बताएका छन् । टोलीले प्रोटोन म्याग्नेटोमिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने अधिकारीको  भनाई रहेको छ । 

    गत शुक्रबार हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमाना नजिकै गैरीगाउँको भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी जमिन भासिएर बेपत्ता भएको थियो ।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - ०९:३२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij