Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पैसाको चलखेलले परीक्षा अगावै प्रश्नपत्र आउट, १ कर्मचारीसहित १० जना पक्राउ

पैसाको चलखेलले परीक्षा अगावै प्रश्नपत्र आउट, १ कर्मचारीसहित १० जना पक्राउ


  • 4.6K
    Shares

    पैसाको चलखेलले परीक्षा अगावै प्रश्नपत्र आउट, १ कर्मचारीसहित १० जना पक्राउ

    विराटनगर । विद्यार्थीहरूसँग मोटो रकम लिएर परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्वविद्यालय (पियू) का १ कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राती पक्राउ गरी ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाटै पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरेर अनुसन्धान गर्दै आएको छ ।

    पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा प्रश्नपत्र बाहिरिएको थियो । १ बजेदेखि हुने फिजिक्सको परीक्षा प्रश्नपत्र कर्मचारीको मिलेमेतामा ११ बजे नै आउट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    परीक्षाअघि प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्रा।डा। सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिनुभएको थियो । उहाँले प्रश्नपत्र आउट भएपछि अनुसन्धान गरिदिन भन्दै मोरङ प्रहरीमा निवेदन दर्ता गराउनुभएको थियो ।

    पक्राउ परेका विद्यार्थी र कर्मचारीलाई आज २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने मोरङ प्रहरीले तयारी गरेको छ । अनुसन्धानमा प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजारभन्दा बढी रकम दिएको खुलेको छ ।

    पूर्वाञ्चल विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिला नै शृङ्खलाबद्ध रूपमा बाहिरिँदै आएका छन् । दुई वर्षअगाडि पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको थियो । त्यसबेलाको घटना अनुसन्धान नभएरै सेलाएको थियो ।

    यसरी पियूले लिने परीक्षाको प्रश्नपत्र बाहिर पुर्याउन परीक्षाको गोप्य शाखाका कर्मचारीको हात हुने गरेको विश्वविद्यालयले शंका गरेको छ ।

    अहिले इन्जिनियरिङ संकायको स्नातकको चौथो, छैठौं र आठौं तहको फाइनल परीक्षा भइरहेको छ । चैत २३ देखि सुरू भएको परीक्षा वैशाख २३ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १३:५२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij