२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । औषधिजन्य लागु औषधसहित नागढुंगाबाट दुई जना पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी प्रभागको संयुक्त टोलीले लागु औषधसहित दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ का ४७ वर्षीय लालबाबु नदाफ र सोही ठाउँका २७ वर्षीय अली हुसेन रहेका छन् ।
महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२७ नम्बरको यात्रुबाहक बसमा जाँच गर्ने क्रममा उनीहरु लागु औषधसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता रमेश बस्नेतले बताए ।
उनीहरुको साथबाट प्रहरीले औषधिजन्य लागु औषध नाइट्राजेपाम ४ हजार ४९८ ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दुबै जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij