Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

परराष्ट्र मन्त्रीकै सहभागितामा एनआरएनए विभाजन, श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

परराष्ट्र मन्त्रीकै सहभागितामा एनआरएनए विभाजन, श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन


  • 2.1K
    Shares

    परराष्ट्र मन्त्रीकै सहभागितामा एनआरएनए विभाजन, श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

    काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु देउवा राणाकै सहभागितामा कांग्रेसको एउटा समूह र माओवादी मिलेर गैरआवासीय नेपाली संघ एनआरएनए विभाजन गरेका छन् ।

    शनिवार काठमाडौंमा करिब २ सय गैर आवासीय नेपालीको नाममा भेला गरेर परराष्ट्र मन्त्रीकै सहभागितामा संघ विभाजन गरिएको हो । एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महासचिव हेमराज शर्माले कथित एकता अधिवेशन नामको संस्था विभाजन अवैधानिक र अस्वीकार्य रहेको बताएका छन् ।

    २ वर्षअघि डा. केसीको प्यानल एनआरएनएको नेतृत्वमा निर्वाचित भएपछि पराजित भएका आरके शर्मालाई अध्यक्ष बनाएर कांग्रेसको एउटा पक्ष र माओवादीले समानान्तर अभ्यास गरेका थिए ।

    सर्वोच्च अदालतले गत साउनमा केसी नेतृत्वमा महाधिवेशनबाट निर्वाचित समिति नै वैध ठहर गरेपछि शेष घलेको अर्को एनआरएनए सहित शनिवार भेला गरेर महेश श्रेष्ठको अध्यक्षतामा कार्य समिति गठन गरेका छन् ।

    श्रेष्ठ डा.बद्री केसीसँग अध्यक्ष उम्मेदवार बनेर तेस्रो भएका थिए । आरके शर्मा समूहले एनआरएनए विभाजन गर्न साथ दिए पनि अन्तिममा नेतृत्व चयन गर्ने बेला कांग्रेस संस्थापन पक्षधर महेश श्रेष्ठलाई अध्यक्ष बनाएर कार्य समितिमा पनि एकलौटी गरेपछि माओवादी पक्ष बिच्किएको छ ।

    उक्त कार्य समितिमा कांग्रेस,माओवादी र अशोक राई नेतृत्वको जसपामा आबद्ध व्यक्तिहरु समेटिएका छन् । कांग्रेसको शेखर गगन समूह भने यसमा छैन ।

    शेष घलेको नेतृत्वमा भएको यो भेलाबाट डा।बद्री केसीसँग पराजित भएका आरके शर्मा अध्यक्ष बन्न चाहान्थे । उनी केसीसँग दोस्रो भएका थिए । तर कांग्रेसले नेतृत्व नछाड्ने र कांग्रेसले नेतृत्व नगरे परराष्ट्र मन्त्रीले मान्यता नदिने अडान लिएपछि शर्माले दावी छाडेको बताइएको छ ।

    कार्य समितिमा पनि लोक दाहालबाहेक पदाधिकारीमा माओवादी परेका छैनन् । महेश श्रेष्ठलाई नेतृत्व दिने शर्तमा मात्र मन्त्री देउवा भेलाको प्रमुख अतिथी बन्न राजी भएकी थिइन् । तर त्यसअघि शेष घले समूहद्वारा प्रस्तावित अधिवेशनबाट एकता सम्भव नहुने भन्दै मन्त्रीले नै गत साता सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्।

    तर, शनिबार सम्पन्न कांग्रेस र माओवादी पक्षको एकता अधिवेशनमा श्रेष्ठलाई अध्यक्ष बनाउने सहमतिपछि उनले उद्घाटन समारोहमा समेत सहभागी भएकी हुन् ।

    सरकारमा कांग्रेस र एमालेबीच सहकार्य छ । तर एनआरएनएको सन्दर्भमा परराष्ट्रमन्त्री राणाले एकल निर्णय गरेपछि एमाले नेताहरू अचम्मित भएका छन् ।

    एनआरएनएको वर्तमान नेतृत्वमा अध्यक्ष डा। केसी एमालेनिकट हुन् भने उपाध्यक्ष रोजिना प्रधान, महासचिव हेमराज शर्मासहित ८० प्रतिशत पदाधिकारी र सदस्य नेपाली कांग्रेसनिकट नै छन् ।

    तर परराष्ट्रमन्त्रीले नै संस्था विभाजन गरेर अवैधानिक कार्य समितिलाई आधिकारिक भनेपछि कांग्रेसनिकट जनसम्पर्क समितिका नेताहरूले विरोध गरेका छन् । डा. बद्री केसीसहित संघका पदाधिकारीले सोमवार एनआरएन भवनमा पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन् ।

    अध्यक्ष डा. केसीले कथित एकता महाधिवेशन असंवैधानिक,विधानविपरीत र हास्यास्पद रहेकाले यसको कानूनी र व्यवहारिक प्रतिवाद गरिने बताए । शनिवारको भेलामा ९० देशमा रहेका एनआरएन एनसीसी कसैले पनि सहभागिता नजनाएको शर्माले बताए ।

    त्यस्तै वर्तमान कार्य समिति र एनआरएनएका संस्थापक उपेन्द्र महतो,जीवा लामिछानेलगायत पूर्व अध्यक्षहरू पनि सहभागी थिएनन् ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १२:२४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij