२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) देखि सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ जबेसम्म जारी रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
देशका विभिन्न स्थानमा भइरहेको वर्षाको कारण परीक्षार्थी समस्यामा परेका छन्। काठमाडौँ उपत्यकामा पनि गएराति देखि नै वर्षा भइरहेको छ। काठमाडौँमा पनि पानीमा रुझ्दै र छाता ओडेर विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगेका छन्।
आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन्।
बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij