Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वास्थ्य बिमा बोर्डमा ४०२ जनशक्ति थप्ने निर्णय

स्वास्थ्य बिमा बोर्डमा ४०२ जनशक्ति थप्ने निर्णय


  • 1.6K
    Shares

    • images
    स्वास्थ्य बिमा बोर्डमा ४०२ जनशक्ति थप्ने निर्णय

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गरिने भएको छ । त्यसनिम्ति अस्थायी दरबन्दी थप गरिनेछ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । गएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका निम्ति ४०२ जनशक्ति थप्ने निर्णय गरिएको छ ।

    बोर्डका निम्ति मन्त्री पौडेलले अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन ३४६ जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका निम्ति प्रस्ताव लगेका थिए । हाल बोर्डमा जनशक्ति अभावमा गएको साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ । 

    बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्र बाँकी दाबीमा मूल्यांकन सकाउने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।

    मन्त्रिपरिषद्को निर्णयानुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९, गेटा अस्पताल धनगढीमा १४१ र डडेलधुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

    यसले ती अस्पतालले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

    “संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालमा सहजता आउने विश्वास गरिएको छ,” उनले भने ।

    प्रकाशित मिति :बैशाख २० २०८२ शनिवार - २०:२६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij