Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१७ वर्षका दुई किशोरलाई २० हजारको सुपारी दिएर वृद्धको हत्या, १३ वर्षकी बालिका पनि पक्राउ

१७ वर्षका दुई किशोरलाई २० हजारको सुपारी दिएर वृद्धको हत्या, १३ वर्षकी बालिका पनि पक्राउ


  • 4.3K
    Shares

    • images
    १७ वर्षका दुई किशोरलाई २० हजारको सुपारी दिएर वृद्धको हत्या, १३ वर्षकी बालिका पनि पक्राउ

    काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्ने ७२ वर्षीय वृद्ध मीनबहादुर कुमालको पारिवारिक बेमेल लामो समयदेखि थियो ।

    दुई श्रीमतीका श्रीमान् मीनबहादुरलाई बिमारले च्याप्दै थियो । एक श्रीमती उनीसँगै बस्थिन्, अर्की छुट्टै । आफूसँग बस्ने श्रीमतीसमेत बिरामी भएपछि उपचार खर्चको जोहो गर्नुपर्ने थियो ।

    तर, विगतको आपराधिक पृष्ठभूमि र पारिवारिक बेमेलका कारण उनलाई घर-परिवारका सदस्यले पत्याइहाल्ने अवस्था थिएन । पारिवारिक बेमेलको उतारचढाव भोग्दै आएका मीनबहादुर १३ वैशाख राति आफ्नै घरमा मृत भेटिए ।

    घरमा सुतिरहेको अवस्थामा दुई अपरिचित व्यक्ति आएर राति ११:३० बजे हत्या गरेको भन्दै मीनबहादुरकी जेठी श्रीमतीतर्फको नातिले विमानस्थल सुरक्षागार्ड तुम्लिङटारमा राति ११:३२ बजे खबर गर्छन् ।

    विमानस्थल सुरक्षागार्ड तुम्लिङटारका प्रमुख वरिष्ठ नायव निरीक्षक (सई) देवीबहादुर कार्की कमान्डको टोली ११:४० बजे घटनास्थलतर्फ जान्छ । प्रहरीले मीनबहादुरलाई मनकामना अस्पताल तुम्लिङटार पठाउँदा चिकित्सकले १२:४७ बजे मृत घोषणा गर्छन् ।

    हत्या आरोपमा पक्राउ परेकी ४५ वर्षीया महिला मृतककै आफन्त हुन् । उनैको मुख्य योजनामा मीानबहादुरको हत्या भएको प्रहरीको भनाइ छ । ४५ वर्षीया महिलाले मीनबहादुरको हत्याका लागि १७ वर्षका दुई किशोरलाई प्रयोग गरेको खुलेको छ ।

    हत्याका मुख्य योजनाकार ४५ वर्षीया महिला हुन् भने घटनामा १३ वर्षकी बालिका पनि पक्राउ परेकी छिन् । मीनबहादुरको हत्यामा बालिकाले पनि सहयोगी भूमिका खेलेको प्रहरीले बताएको छ ।

    भोजपुर घर भई संखुवासभामा ग्यारेज र ट्र्याक्टरमा मजदुरी गर्दै आएका दुई किशोरलाई हत्यामा प्रयोग गरेको खुलेको छ । त्यसका लागि उनीहरूलाई २० हजारको सुपारी दिने निधो गरिएको थियो । तर ती किशोरले उक्त रकम नपाएको बताइएको छ । यी दुई किशोरले नै मीनबहादुरको घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

    पुरानो रिसइबी र जग्गासम्बन्धी विवादका कारण मीनबहादुरको हत्या भएको एक अनुसन्धान अधिकृत बताउँछन् । ‘मृतक मीनबहादुरको नाममा जग्गा थिएन । उनकी श्रीमती र छोराहरूको नाममा जग्गा थियो । उक्त जग्गासमेत बेचबबिखन गर्ने भनेपछि विवाद भएको देखिन्छ । साथै पुरानो रिसइबी पनि हत्यामा जोडिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - २१:०७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij