Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नीति तथा कार्यक्रम

सरकारको नीति तथा कार्यक्रम : संविधान संशोधनको प्रक्रिया अघि बढाउने

सरकारको नीति तथा कार्यक्रम : संविधान संशोधनको प्रक्रिया अघि बढाउने


  • 1.1K
    Shares

    • images
    सरकारको नीति तथा कार्यक्रम : संविधान संशोधनको प्रक्रिया अघि बढाउने

    काठमाडौं । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।

    ‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेत्वमा सरकार बनाउँदा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको काम अघि बढाउने उल्लेख गरिएको थियो। तर, सरकार बनेको लामो समयसम्म पनि यसमा काम नगरेको भन्दै सरकारको आलोचना भइरहेको थियो।

    त्यस्तै नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण गर्ने र यसविरुद्धका गतिविधिको प्रतिवाद गर्ने समेत उल्लेख गरिएको छ।

    ‘संविधान र संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसका विरुद्धमा हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुर्नउत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने।’

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १४:५१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij