Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारी वर्षाले घर भत्किँदा चार जनाको मृत्यु

भारी वर्षाले घर भत्किँदा चार जनाको मृत्यु


  • 1.3K
    Shares

    • images
    भारी वर्षाले घर भत्किँदा चार जनाको मृत्यु

    काठमाडौं । शुक्रबार बिहान दिल्ली एनसीआरमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको खबर छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

    वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको थियो भने १०० भन्दा बढी उडानहरू ढिलाइ भएका छन् ।

    दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडानहरू जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको एक अधिकारीले पीटीआईलाई बताए । 

    दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडको आधिकारिक एक्स खातामा जारी गरिएको पछिल्लो एड्भाइजरीमा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख छ । 

    यद्यपि, खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएको भनिएको छ । विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानबारे जानकारीको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १३:०८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij