Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

शिकार खेल्न गएको साथीको गोली हानी हत्या, दुई जना पक्राउ

शिकार खेल्न गएको साथीको गोली हानी हत्या, दुई जना पक्राउ


  • 5.5K
    Shares

    शिकार खेल्न गएको साथीको गोली हानी हत्या, दुई जना पक्राउ

    मोरङ । सँगै शिकार खेल्न गएको साथीको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुविन लिम्बु रहेका छन् । मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    वैशाख ८ गते बिहान करिब ९ बजे हस्त बहादुर राई, गजेन्द्र राई र रुबिन लिम्बु घरबाट बाँसबारी खोप सरकारी राष्ट्रिय बन जङ्गल तर्फ शिकार खेल्न गएका थिए । जसमध्ये हस्तबहादुरको दाहिने कुममा गोली प्रहार भई हत्या भएको थियो ।

    प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक समेत बरामद गरेको थियो । प्रहरीको अनुसन्धानमा रातको समयमा गजेन्द्रले भरुवा बन्दुकको गली हानेर हत्या गरेको खुलेको छ ।

    उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुर र र हातहतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - ११:०८:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij