Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

किट विश्वविद्यालयका प्रतिनिधिसँग नेपाली दूतावासले गर्‍यो छलफल

किट विश्वविद्यालयका प्रतिनिधिसँग नेपाली दूतावासले गर्‍यो छलफल


  • 1.8K
    Shares

    • images
    किट विश्वविद्यालयका प्रतिनिधिसँग नेपाली दूतावासले गर्‍यो छलफल

    काठमाडौं ।  भारतस्थित नेपाली दूतावासले भारतको उडिसा राज्यस्थित किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारे किट विश्वविद्यालयसँग जानकारी लिएको छ । 

     किटका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफल गरिएको दूतावासले विज्ञप्ति जारी गरेर जानकारी दिएको  छ । किटमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीय नेपाली विद्यार्थी प्रिसा साहको शव होस्टेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो । 

    नेपाली दूतावासले सो शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृतलगायत अन्य सरोकारवालाहरूसँग तत्काल सम्पर्क तथा छलफल गरी घटनाको बारेमा जानकारी लिई सो घटनाको स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको  विज्ञप्तिमा  उल्लेख गरीएको छ ।’ 

    राजदूतावासले मृतकका परिवारसँग निरन्तर सम्पर्क गरिरहेको समेत उनले बताएका छन् । 

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १२:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij