२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।
फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका-१ मा रोकिदिएका हुन् । बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।
‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले भनिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij