२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र जारी गर्ने भएको छ । रत्नपार्कस्थित प्राधिकरणको हलमा दिउँसो २ बजे श्वेतपत्र जारी गर्ने लागेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएको कामकारबाही र प्राधिकरणको वर्तमान आर्थिक अवस्था र भावी योजना सहितको श्वेतपत्र जारी गर्न लागेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले एक सूचना जारी गर्दै प्राविधिक कारणवश कार्यक्रम स्थगित गरिएको जानकारी दिएको थिए भने आज श्वेतपत्र जारी गर्ने जानकारी भएको छ ।
सरकारद्वारा बर्खास्त गरिएका कुलमान घिसिङको कार्यकालमा भएका आर्थिक तथा प्राविधिक लगायतका विवरणहरू समेटिएको श्वेतपत्र आज दिउँसो सार्वजनिक गर्ने तयारी प्राधिकरणको थियो।
सचिवालयले अर्को जानकारी नआएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ। श्वेतपत्र कहिले सार्वजनिक हुन्छ भन्ने बारेमा प्राधिकरणले थप विवरण दिएको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij