२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कालीमाटीमा बिक्रीको लागि ल्याइएको तने बोडीमा ९५ प्रतिशतभन्दा बढी विषादी भेटिएको छ ।
सर्लाहीबाट बिक्रीको लागि ल्याइएको बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।
कालीमाटीले शुक्रबार १८ वटा स्टलका १८ वटा तरकारी तथा फलफूलको विषादी जाँच गरेको थियो भने त्यसमध्ये तने बोडीमा उक्त प्रतिशतमा विषादी फेला परेको छ ।
प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij