Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना संक्रमितले गरे आत्महत्या

कोरोना संक्रमितले गरे आत्महत्या


  • 5.5K
    Shares

    कोरोना संक्रमितले गरे आत्महत्या

    बाँके । बाँकेमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

    बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बम बहादुर खत्रीले घरमै झुन्डिएर आत्महत्या गरेका हुन् । 

    खत्रीलाई गत वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा थिए ।

    तर, होम आइसोलेसनमै बसेको कोठामा खत्रीले हिजो साँझ पौने ७ बजे झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । 

    घरका मान्छेले झुण्डिएको देख्नासाथ डोरी काटेका तर त्यतिबेलासम्ममा खत्रीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । उनले आत्महत्या गर्नुको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - ११:०३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij