२०८३ बैशाख १७ गते बिहिवार
संक्रमणकालीन न्यायबारे छलफल गर्न बोलाइएको तीन शीर्ष नेताहरुको बैठक सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा मात्रै सीमित भएको थियो।
आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरीएको भन्दै असन्तुष्टि जनाएर आजको छलफलमा प्रचण्ड अनुपस्थित भएका थिए। त्यसपछि ओली र देउवाबीच मात्रै छफल भएको थियो।
शीर्ष नेताको भेटवार्तामा सरकारका तर्फबाट भोली संसद्मा पेश हुने आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, टीआरसी लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
करिब एक घण्टा लामो छलफल सकाएपछि ओली र देउवा सिंहदरबारबाट छुट्टिएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij