Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गभर्नर नियुक्तिको खेल पेचिलो बन्दै गएपछि समितिको सदस्यमा अधिकारी नियुक्त

गभर्नर नियुक्तिको खेल पेचिलो बन्दै गएपछि समितिको सदस्यमा अधिकारी नियुक्त


  • 2.3K
    Shares

    गभर्नर नियुक्तिको खेल पेचिलो बन्दै गएपछि समितिको सदस्यमा अधिकारी नियुक्त

    काठमाडौं । गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त भएका छन् । 

    मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिको सदस्यमा अधिकारीलाई नियुक्त गरेको हो। 

    पूर्वगभर्नर विजयनाथ भट्टराईले समितिको सदस्यबाट राजीनामा दिएपछि अधिकारीलाई ल्याउने निर्णय भएको हो। समितिमा अर्का सदस्य राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा विश्वनाथ पौडेल छन्।

    राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्ने सहमति बाहिरिएपछि उनले राष्ट्र बैंकबाट राजीनामा पनि दिइसकेका छन्। यद्यपि राष्ट्र बैंकमा कामु गर्भनरको जिम्मेवारी सम्हालिरहेकी नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्।

    images
    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १०:४३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij