२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौंमा बितेको २४ घण्टामा मात्रै ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै यस्तै हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर भने २६ सय १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै १४ को मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij