Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रेशम पक्राउ

रेशम चौधरीबारे सर्वोच्चले आजै पठाएको थियो फैसला कार्यान्वयनको पत्र

रेशम चौधरीबारे सर्वोच्चले आजै पठाएको थियो फैसला कार्यान्वयनको पत्र


  • 3.1K
    Shares

    • images
    रेशम चौधरीबारे सर्वोच्चले आजै पठाएको थियो फैसला कार्यान्वयनको पत्र

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतको २०८० जेठ २ गते भएको फैसलाका आधारमा पक्राउ गरेको पाइएको छ।

    सर्वोच्च अदालतको रिट तथा मुद्दा महाशाखाले आज बुधबार उक्त फैसलाको पूर्ण पाठसहित पत्र पठाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो।

    रेशमलाई पक्रन बिहान प्रहरीको टोली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेको थियो। रेशम आइपुग्नासाथ प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

    कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका थिए। तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए।

    त्यसबखत रेशमलाई जन्मकैद गर्ने मातहत अदालतका फैसला सर्वोच्चले सदर हुने निर्णय सुनाइसकेको भए पनि पूर्ण पाठ आइसकेको थिएन। पछि आएको पूर्ण पाठमा जन्मकैद सजाय तोकिएका व्यक्तिलाई आममाफी दिन नपाइने उल्लेख गरिएको छ।

    ‘२०८० कात्तिक १६ गते भएको रिगल ढकालको आममाफी बदर गर्ने सर्वोच्चको फैसलामा गरिएको व्याख्या नजिरको रूपमा अनुसरण गरी न्यायिक कारवाही हुने र सो फैसलापछि जन्मकैद २० वर्ष कैद ठहर हुने फैसला भएको कारण बाँकी कैद भुक्तान गर्न’ रेशमलाई पक्राउको पत्र पठाइएको सर्वोच्च स्रोतले जनाएको छ।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १३:४२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij