Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर, ४ महिना कैद सजायको माग

घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर, ४ महिना कैद सजायको माग


  • 2.6K
    Shares

    • images
    घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर,   ४ महिना कैद सजायको माग

    काठमाडौं । भारतबाट सामान ल्याउँदा भन्सार छलीमा सहजीकरण गरी दिएको भन्दै घुस लिएको आरोपमा (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायव निरीक्षक खड्काविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 

    रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै वैधरुपमा घरायसी प्रयोजनको सामान ल्याउन सहजीकरण गरी खड्काले ३० हजार रुपैयाँ घुस लिएको आपोमा रहेको छ ।

    खड्काविरुद्ध अख्तियारले ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गरेको छ ।

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १५:१४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij