Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

काठमाडौंका बोर्डिङलाई जेठ ७ भित्रै छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन

काठमाडौंका बोर्डिङलाई जेठ ७ भित्रै छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन


  • 1.9K
    Shares

    काठमाडौंका बोर्डिङलाई जेठ ७ भित्रै छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयहरुलाई जेठ पहिलो हप्ताभित्रै छात्रवृत्ति विवरणको व्यवस्था मिलाउन निर्देशन दिएकाे छ ।

    महानगरले एक सूचना जारी गरी महानगर अन्तर्गत सञ्चालित निजी विद्यालयहरुलाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्वपीडित र शहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा जेठ पहिलो साताभित्रै आवेदन लिएर छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकाे हाे ।

    शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशतमा  छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ । छात्रवृत्तिकाे सूचना विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनका अभिभावकबाट आवेदन लिई जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकाे महानगरकाे शिक्षा शाखाले जनाएको छ ।

    कक्षा १ देखि कक्षा १० मा छात्रवृत्ति उपलब्ध गराउँदा अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ अनुसार जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्वपीडित र शहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ।

    छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) मा रहेको छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र छात्रवृत्ति वितरण गर्नुपर्नेछ । समितिले छनौट गरेको नामावली मात्र मान्य हुने बताइएको छ ।

    समितिमा सम्बन्धित वडाको वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकमा विद्यालयको प्रधानाध्यापक, महानगरपालिका शिक्षा विभागको सम्बन्धित विद्यालय हेर्ने विद्यालय निरीक्षक र शिक्षा अधिकृत र विद्यालय व्यवस्थापन समितिमा रहेको अभिभावक प्रतिनिधि १ जना गरी ३ जना सदस्य हुनुपर्ने छ ।

    015152305493800978_1248539376638315_4791167004795874873_n_sxiAlvM8xw.jpg

    images
    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १५:११:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij