Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

'तँलाई हान्दिऊँ हान्दिउँ' भन्दै गगन थापाले अवहेलना गरेको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

'तँलाई हान्दिऊँ हान्दिउँ' भन्दै गगन थापाले अवहेलना गरेको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो


  • 5.8K
    Shares

    'तँलाई हान्दिऊँ हान्दिउँ' भन्दै गगन थापाले अवहेलना गरेको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको छ।

    सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना सम्बन्धी मुद्दामा न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकाएका हुन् ।

    अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदनका आधारमा आजका लागि पेशी तोकिएको थियो । गत आइतबार सर्वोच्च प्रशासनले महामन्त्री थापाबिरूद्दको मुद्दा दर्ता गरेको हो।

    गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैलीमाथि  प्रश्न उठाएका थिए ।

    ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई– तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,” उनले गत वैशाख ११ गते दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता लुइटेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १४:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij