२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । लगातारको वर्षाले मुस्ताङमा फूल्न लागेको स्याउको बोटमा असर पुर्याएर उत्पादन घट्ने प्रक्षेपण गरिएको छ ।
स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए । शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयका अनुसार वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यो वर्ष स्याउ उत्पादन कम हुनेअनुमान गरीएको छ ।
उनलेका अनुसार गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादनमा वृदि भएको थियो तर यो वर्ष बोटमा सञ्चित इनर्जी निकै कम भएको हुँदा फूल पनि निकै कम फुलेको थिए । फुलेका फूल पनि हावा र पानीले असर गर्यो । स्याउ बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन ।”
गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताएका छन् । गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने यसभन्दा अघिल्लो वर्षभन्दा सात सय ३४ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो ।
जिल्लामा स्याउ उत्पादनका लागि मौसमसमेत प्रतिकूल बनेको छ । स्याउको फूल फुल्दै गरेको अगौटे जातलाई वर्षाले असर नपुर्याए पनि ढिलो फूल फुल्ने मध्यम जातका फलफूलखेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पुर्याउने केन्द्र प्रमुख आत्रेयले उल्लेख गरेका छन् ।
फरकफरक स्थानमा लगाएको स्याउ बगैँचामा तापक्रम घटीबढी हुँदा कुनै स्थानमा ढिलो फूल फुल्ने र कुनै स्थानमा फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयको भनाइ रहेको छ ।
स्याउ बगैँचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्ने लक्षण देखिएको थासाङ–१ टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij