Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

स्थानीय तहका कर्मचारीको सरुवा खुल्यो, वैशाख २० गते भित्रै पेश गर्नुपर्नेछ निवेदन

स्थानीय तहका कर्मचारीको सरुवा खुल्यो, वैशाख २० गते भित्रै पेश गर्नुपर्नेछ निवेदन


  • 15.2K
    Shares

    स्थानीय तहका कर्मचारीको सरुवा खुल्यो, वैशाख २० गते भित्रै  पेश गर्नुपर्नेछ निवेदन

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र १ गते सूचना जारी गर्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको थियो ।
    एक महिनापछि स्थगित भएको सरुवा सुचारु हुने भएको छ ।

    वैशाख ८ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार, स्थानीय तहका कर्मचारीहरुको अन्तर स्थानीय कार्यलाई थप व्यवस्थित बनाउन लोक सेवा आयोगबाट स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धि मापदण्ड ( संशोधनसहित) तयार गरेको छ ।

    जसअनुसार दोहोरो सहमति पत्र तयार भएको (प्रमुख र प्रमुख प्रशासकी अधिकृतले छाड्ने र आउने दुबै तहबाट स्वीकृती) दिएको सहमती पत्र, स्थानीय तहमा भएको नियुक्ति पत्र र कामकाजको लागि अनुरोध गरी दिएको निवेदन पत्र संग्लग्न गरी local.emp..admin@mofa.gov.np मा आगामी २० वैशाखभित्र निवेदन पेश गर्नुपर्नेछ ।

    saruwa.png

    कोभिड १९ को महामारीलाई दृष्ट्रिगत गर्दै हार्ड कपि नबुझ्ने तर अनलाइनबाटै इमेल गर्नुपर्ने मन्त्रालयले प्रष्ट पारेको छ ।

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १९:५३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij