Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वैशाख १७ गतेभित्र पठनपाठन सञ्चालन गर्न पोखरा महानगरको अल्टिमेटम

वैशाख १७ गतेभित्र पठनपाठन सञ्चालन गर्न पोखरा महानगरको अल्टिमेटम


  • 1.4K
    Shares

    • images
    वैशाख १७ गतेभित्र पठनपाठन सञ्चालन गर्न पोखरा महानगरको अल्टिमेटम

    पोखरा महानगरपालिकाले यही वैशाख १७ गतेसम्म महानगरभित्रका सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

    महानगरपालिका शिक्षा महाशाखाले आज सूचना प्रकाशन गरी विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएकाले नगर शिक्षा समितिको निर्णयअनुसार १७ गतेसम्ममा विद्यालयहरूमा पठनपाठन गराउन सम्बद्ध सबैमा आग्रह गरेको हो ।

    महानगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार यही वैशाख ८ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्नुपर्ने भए पनि यस अघि सूचना प्रकाशित गरी वैशाख ११ गतेबाट पठन पाठन सञ्चालन गर्ने सूचना जारी गरिएकामा आज दोस्रो सूचना जारी गरिएको हो । 

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - २०:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij