Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिनाको आरोपमा, वडा अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर

बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिनाको आरोपमा, वडा अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर


  • 2.4K
    Shares

    • images
    बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिनाको आरोपमा,  वडा अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर

    काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकाको-६ स्थित कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिनाको आरोपमा वडा अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौं मुद्दा दायर भएको छ ।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

    आयोगले श्याम बाबु साहसहित धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

    आरोपीहरुले आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ भ्रष्टाचार गरेको आरोपमा अख्तियार आयोगको रहेको  छ । ७ लाख ७९ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले ३ महिनादेखि ३ वर्षसम्मको कैद सजायको माग गरेको छ ।

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १५:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij