२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिको सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले २०८१ असार १४ गते भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी छानबिनको लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्न बनेको समितिले आज प्रतिवेदन बुझाएको छ।
उक्त प्रतिवेदनअनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको छ । पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको निष्कर्ष निकालेको उपसमिति जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij