२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।
देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताएका हुन् । देउवाले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको जिकिर गरेका छन् ।
सरकारले व्यापार उद्योग गर्ने होइन । आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने छ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउने छ भन्ने मैले विश्वास लिएको छु ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij