२०८२ फाल्गुण ३० गते शनिवार
प्रहरीले नक्कली पीसीआर रिर्पोट बनाउने सूर्या हेल्थकेयर प्रा.लिका व्यवस्थापक खेलानन्द प्रसाद सिंह सहित ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी तिलाठी कोईलाडी गापा मधेपुराका डा।खेलानन्द प्रसाद सिंह ,सप्तरी राजबिराजका ३२ वर्षीय प्रमोद कुमार यादव,महोत्तरी गौशालाका प्रदिप कुमार गिरी,महोत्तरी सोनामका अमन कुमार यादव,झापा गौरादह स्थायी घरभएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र ब।रायमाझी, रहेको प्रहरीले जनाएको छ ।
यस्तै मोरङ बिराटनगरका वजेश पोख्रेल,महोतरी गौसालाका बादल मिरिङ छिङ, र दोलखा बैतेश्वरीका सरोज क्षेत्री रहेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा।लि।का ऐजेन्टहरुले सेवाग्राहीसंग पिसिआर परिक्षण शुल्क प्रतिव्यक्ति ९ हजार लई सूर्या हेल्थकेयर प्रा।लि।संगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको पाइएको हो ।
नक्कली पीसीआर रिर्पोट बनाएको आशंकामा वैदेशिक रोजगारका लागि निस्किएका १ सय २२ जना त्रिभुवन विमानस्थलबाट फरकाएपछि अनुसन्धान गर्दै जादा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको पाइएपछि मंगलवार मात्रै सील गरिएको ल्याबबाट नै उनीहरूले पीसीआर रिपोर्ट लिएको चेकजाँचका क्रममा पाइएपछि उनीहरूलाई फर्काइएको हो । विमानस्थलमा रहेको स्वास्थ्य डेस्कले रिपोर्ट हेरेर शंका लागेका सबैलाई फिर्ता पठाएको हो ।
स्वाब संकलन तथा परीक्षण नै नगरी पीसीआर टेस्ट नेगेटिभ भनी उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्ट सहित व्यवस्थापन प्रमुख खेलानन्दप्रसाद सिंहसहित ८ आठ जनालाई पक्राउ गरिएको हो ।प्रहरीले कम्प्युटर लगायतका उपकरणहरू समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिईएको छ । उनीहरु माथि थप अनुसन्धानको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु प्रतिनिधिको रोहबारमा सूर्या हेल्थकेयर प्रा।लिको सेवा हाल लाई बन्द गरिएको छ । सूर्या हेल्थ केयर प्रा.लिको सप्तरी स्थित राजविराजमा समेत शाखा कार्यालय रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij