Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

राजविराज विमानस्थलको धावनमार्गको काम शुरु, १५ दिनका लागि बिमान सेवा बन्द

राजविराज विमानस्थलको धावनमार्गको काम शुरु, १५ दिनका लागि बिमान सेवा बन्द


  • 6.2K
    Shares

    राजविराज विमानस्थलको धावनमार्गको काम शुरु, १५ दिनका लागि बिमान सेवा बन्द

    सप्तरी। सप्तरीको राजविराज विमानस्थलको धावनमार्गको काम शुरु भएकाले आजबाट १५ दिनका लागि बिमान सेवा बन्द रहने भएको छ ।

    विमानस्थलको धावनमार्ग स्तरोन्नती कार्य थालिएकोले वैशाख १० गतेदेखि २५ गतेसम्म उडान सेवा रोकिएको राजविराज बिमान स्थलले जनाएको छ। राजविराज विमानस्थलबाट ‘बुद्ध एयरलायन्स’ले राजविराज देखि काठमाडौंसम्म नियमित उडान भर्दै आएको छ ।

    ‘विमानस्थलमा स्तरोन्नती कार्य थालिएकोले तत्काललाई विमान सेवा रोक्नु परेको बुद्ध एयरलायन्स राजविराज प्रमुख अनिल राजवंशी बताउनुभयो । वहाँले ‘स्तरोन्नतीको कार्य सकिए लगतै पुनः बुद्ध एयरको सेवा तोकिएकै समयमा सुचारु हुने बताए ।’

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १५:२९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij