Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक


  • 7.7K
    Shares

    • images
    शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

    काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ ।

    शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।

    प्रहरीका अनुसार आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् ।

    जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको थियो ।

    घाइते शिक्षक जोशी बोल्न सक्ने अवस्थामा छन् । उनको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।

    प्रकाशित मिति :बैशाख १३ २०८२ शनिवार - १५:३४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij