Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

टिपरको ठक्करले मृत्यु भएपछि मोरङको सुन्दरहरैँचामा तनाव, डीएसपी घाइते

टिपरको ठक्करले मृत्यु भएपछि मोरङको सुन्दरहरैँचामा तनाव, डीएसपी घाइते


  • 2.1K
    Shares

    • images
    टिपरको ठक्करले मृत्यु भएपछि मोरङको सुन्दरहरैँचामा तनाव, डीएसपी घाइते

    काठमाडौं । टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि मोरङको  हरैँचा तनावग्रस्त बनेको छ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ मा हरैँचाबजार छेउमा टिपरको ठक्करबाट दुहवी नगरपालिका–९ का ४० वर्षका मोहमद हसिम मियाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो । 

    मृतकका आफन्तले टिपरमा आगजनी गर्न पटक–पटक प्रयास गरेका थिए । टिपरमा ढुङ्गा मुढा गर्दै आगजनीको प्रयास गरेपछि रोक्ने क्रममा ढुङ्गाले लागेर जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशी घाइते भएका छन् । उनको विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    प्रदेश १–२०–०५३ नम्बरको मोटरसाइकलमा सवार रहेका मियालाई ना १ ख ६२७० नम्बरको टिपरले ठक्कर दिएको थियो। दुई वटै सवारी साधन विराट चोकदेखि विराटनगरतिर आइरहेका थिए । मियाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन्।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १६:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij