Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हर्कले सुनितालाई भने– बालेन जीलाई कति हेपेको ? स्टण्ड त धरानमा हुन्छ, हेर्न आउनु नि !

हर्कले सुनितालाई भने– बालेन जीलाई कति हेपेको ? स्टण्ड त धरानमा हुन्छ, हेर्न आउनु नि !


  • 3.6K
    Shares

    • images
    हर्कले सुनितालाई भने– बालेन जीलाई कति हेपेको ? स्टण्ड त धरानमा हुन्छ, हेर्न आउनु नि !

    काठमाडौं। धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थनमा उत्रिएका छन् । 

    स्वतन्त्र भएकै कारण पालिकाको खटनपटन देखि हरेक काम काबाहीमा दलमा आवद्ध जनप्रतिनिधिहरुको तर्फबाट अवरोध भएको उनीहरु आफैले बताउने गरेका छन् ।

    यसरी आफ्नै पालिकाका कर्मचारी र जनप्रतिनिधिबाट पटक पटक असहयोग भएपनि बालेन र हर्क एक अर्काको समर्थनमा उत्रिएका छन् । खासगरी बालेनलाई चौतर्फी रुपमा घेराबन्दी गरिएको सन्दर्भमा हर्क साम्पाङ्ले प्रतिवाद गर्ने गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस पटक पनि बालेनको पक्षमा पक्षमा स्टाटस लेखेका छन् । 

    बिहिवार भृकुटीमण्डपमा भएको एमालेको युथ सेलिब्रेसनका क्रममा महानगरकी उपमेयर तथा एमाले नेतृ सुनिता ढंगोलले बालेनलाई कटाक्ष गर्दै स्टण्ट गरेको भरमा देश नबन्ने बताएपछि हर्कले बालेनको पक्षमा स्ट्याटस लेखेका हुन् ।

    सुनिताले आफ्नो सम्बोधनमा कसैको नाम नलिएर सामाजिक सञ्जालमा भाडभैलो गर्ने, स्टन्ट गर्ने र समस्याबाट भाग्ने भन्दै बालेनप्रति कटाक्ष गरेकी थिइन्।

    उनको यो भनाई पछि हर्क साम्पाङले बालेन जी बोल्दैनन् भनेर कति हेपेको भन्दै सुनिताप्रति कटाक्ष गरेका हुन् । हर्कले सामाजिक सञ्जालमा लेखेका छन्- 'सुनिता जी, बालेन जी बोल्दैनन् भनेर कति हेपेको हौ ? स्टण्ड त काठमाडौंमा होइन धरानमा हुन्छ ! एक दिन हेर्न आउनु नि ! स्टण्ट गरेरै वल्र्ड रेकर्ड राखिदियौँ हाम्ले ! तपाइँको पार्टीले नि यस्तो स्टण्ट गर्दा भए न म आउँथें न बालेन !’

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १२:२८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij