२०८२ माघ ७ गते बुधवार
काठममाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले अनुसार २९ करोड ५७ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा ३१.९० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क ७.८५ प्रतिशत वृद्धिभएको छ भने ९ महिनामा कम्पनीको बीमा शुल्क ७ अर्ब ५१ करो २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद दावी भुक्तानीमा १०.१६ प्रतिशत वृद्धि भई ८ अर्ब ३८ करोड ६ लाख रुपैयाँ कायम भएको छ ।
लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड ४५ लाख रुपैयाँ कायम भएको छ भने कुल आम्दानी १७.८३ प्रतिशत वृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.२९ रुपैयाँले बढेर ७.८७ रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij