२०८२ भाद्र ८ गते आइतवार
कागती पानी
एक गिलास पानीमा आधा कागतीको रस निचोर्नुहोस्, थोरै चिनी वा मह र एक चिम्टी नुन मिसाउनुहोस् । बरफ र पुदीना थप्न सकिन्छ । विशेषतास् भिटामिन सीले भरपूर, हाइड्रेशनमा सहयोगी, पाचन सुधार गर्छ, र तुरुन्तै ताजगी दिन्छ।
लस्सी
दहीलाई मथेर पानी, चिनी वा नुन, जिरा पाउडर वा पुदीना मिसाउनुहोस् । मिठो लस्सीका लागि केसर वा इलायची थप्न सकिन्छ। विशेषतास् प्रोबायोटिक्सले भरपूर, पेटलाई चिसो राख्छ, पाचनमा सहयोगी, र ऊर्जा प्रदान गर्छ।
सतुको शरबत
सतुको पिठोलाई चिसो पानीमा मिसाउनुहोस्, थोरै कागतीको रस, नुन, र भुनेको जिरा पाउडर थप्नुहोस् । मिठो बनाउन चिनी प्रयोग गर्न सकिन्छ । विशेषतास् प्रोटिन र फाइबरले भरपूर, गर्मीमा शरीरलाई चिसो राख्छ, लामो समयसम्म तृप्ति दिन्छ
मोही
दहीलाई मथेर पानी मिसाउनुहोस्, थोरै नुन वा जिरा पाउडर थप्नुहोस्स मिठो मोहीका लागि चिनी र इलायची मिसाउन सकिन्छ । विशेषतास् प्रोबायोटिक्सले भरपूर, पाचन सुधार गर्छ, गर्मीमा हाइड्रेशन र ताजगी प्रदान गर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij