Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौँ उपत्यकामा भोलिसम्म तापक्रम बढ्ने, कस्तो होला आज देशभरको मौसम?

काठमाडौँ उपत्यकामा भोलिसम्म तापक्रम बढ्ने, कस्तो होला आज देशभरको मौसम?


  • 2.1K
    Shares

    • images
    काठमाडौँ उपत्यकामा भोलिसम्म तापक्रम बढ्ने, कस्तो होला आज देशभरको मौसम?

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आगामी आइतबारदेखि भने काठमाडौँ उपत्यकामा बदली भई तापक्रम घट्ने अनुमान विभागको छ। आज काठमाडौँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ। 

    आज दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने देशका बाँकी भागको मौसम सफा रहने छ। 

    कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावनासमेत रहेको विभागले जनाएको छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना पनि छ।

    महाशाखाका अनुसार आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोसी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - ०७:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij