Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई स्वास्थ्य मन्त्री पौडेलको निर्देशन

चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई स्वास्थ्य मन्त्री पौडेलको निर्देशन


  • 1.9K
    Shares

    • images
    चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई स्वास्थ्य मन्त्री पौडेलको  निर्देशन

    काठमाडौं । आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्देशन दिएका छन् ।   

    पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएका हुन् । बिहीबार नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच मन्त्रालयमा भएको वार्तामा पौडेलले यस्तो निर्देशन दिएका छन् । 

    गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । आवासीय चिकित्सकको मासिक ४८ हजार सात सय रुपैयाँ कायम गर्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको थियो भने निजी मेडिकल कलेजहरूले उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सकहरू विरोध प्रदर्शन  गरेका हुन् ।

    मन्त्री पौडेलले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न आग्रह गर्दै चिकित्सा क्षेत्रका समस्या र  मागहरूप्रति सरकार समाधानको बाटोमा अघि बढ्ने आश्वासन दिएका छने । वार्तामा बोल्दै नेपाल नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिल कार्कीले मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार दिनुपर्ने निर्णय नमान्ने मेडिकल व्यवसायीहरुले नैतिकताको हिसाबले समेत पदमा बसिरहनु उचित नहुने धारणा राखेका छन्। 

    आवासीय चिकित्सकहरु भोली देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने र निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने चेतावनी दिएका छन्  दिँदै आएका छन् । 

     

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १४:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij