Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

अज्ञात समूहद्वारा पार्किङमा राखेको ट्याक्टरमा आगजनी

अज्ञात समूहद्वारा पार्किङमा राखेको ट्याक्टरमा आगजनी


  • 5.8K
    Shares

    अज्ञात समूहद्वारा पार्किङमा राखेको ट्याक्टरमा आगजनी

    गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेको छ । रेसुंगा नगरपालिका ६ अन्तर्गत चेक्मीमा साइटमा योजनाको काम गर्दै आएको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

    पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर गएको तीन हप्तादेखि साइटमा काम गर्दै आएको ट्याक्टर पार्किङ्गमा राखिरहेको अवस्थामा बिहान साढे चार बजेतिर आगजनी गरिएको निर्माण सेवाका सञ्चालक सञ्जय पन्थीले बताउनुभयो ।

    ट्याक्टर चालकले बिहान पाँच बजे साइटमा काम गर्न जाने क्रममा ट्याक्टरमा आगो दन्किरहेको देखेपछि प्रहरीमा खबर गरेका थिए ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो । 

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १३:२६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij