Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चिकित्सक प्रदर्शन

आवासीय चिकित्सक पनि सडक आन्दोलनमा, रोक्ने प्रयासमा प्रहरी

आवासीय चिकित्सक पनि सडक आन्दोलनमा, रोक्ने प्रयासमा प्रहरी


  • 1.4K
    Shares

    • images
    आवासीय चिकित्सक पनि सडक आन्दोलनमा, रोक्ने प्रयासमा प्रहरी

    काठमाडौं । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् ।

    उनीहरुले आज स्वास्थ्य मन्त्रालयसम्मै पुगेर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । तर प्रहरीहरुले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेका छन् ।

    चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

    आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् ।

    उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । उनीहरू भन्छन्, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’

    आवासीय चिकित्सकहरु सेवा सुविधाको माग गर्दै २८ दिनदेखि प्रदर्शनमा छन् । उनीहरुले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रिँदा निरन्तर दमन र धम्कीको सामना गर्नुपरेको गुनासो गरेका थिए । निजी मेडिकल कलेज सञ्चालकले यस्तो व्यवहार देखाउँदा आत्मसम्मानमाथि गम्भीर प्रहार भएको आवासीय चिकित्सक बताउँछन् ।

    उनीहरुले आफ्नो यो लडाईंमा साथ दिनका लागि शिक्षक, परामर्शदाता, वरिष्ठ चिकित्सक, स्वास्थ्य संस्था, मानव अधिकार संस्था, श्रम अधिकारकर्मीलाई आवासीय चिकित्सकले अनुरोध गरेका छन् ।

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ११:३२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij