Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षकलाई प्रचण्डले भने- तपाईंहरुलाई पटक-पटक धोका भएको छ, आन्दोलन नछाड्नुस्

शिक्षकलाई प्रचण्डले भने- तपाईंहरुलाई पटक-पटक धोका भएको छ, आन्दोलन नछाड्नुस्


  • 3.1K
    Shares

    • images
    शिक्षकलाई प्रचण्डले भने- तपाईंहरुलाई पटक-पटक धोका भएको छ, आन्दोलन नछाड्नुस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्वमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् ।

    कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओली एक दिनपनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको बताए ।

    उनले शिक्षकहरुको समस्या समाधान गर्नुको सट्टा प्रधानमन्त्री शिक्षकलाई गाली गर्ने, अपमानीत गर्ने र हप्काउनेबाहेक केही नगरेको बताए । उनले भने, ‘लाखौं शिक्षक र विद्यालयहरु अहिले संकटमा छ । शिक्षकहरुको माग सम्बोधन गर्नु त कता हो कता प्रधानमन्त्री उनीहरुलाई नै अपमानीत गर्नमा लागिरहेका छन् ।’

    उनले सरकारले शिक्षकहरुको मागलाई हल्का रुपमा नलिन चेतावनी दिए। उनले यो सरकार आफ्नै बोझा थाम्न नसकेर सिद्धिने दाबी गरे ।

    उनले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको छ । पटक पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ । यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ, शिक्षकहरूको अझै धेरै छ ।’

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १४:३२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij