Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्रीको ठाडो निर्देशन: १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने

प्रधानमन्त्रीको ठाडो निर्देशन: १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने


  • 7.8K
    Shares

    • images
    प्रधानमन्त्रीको ठाडो निर्देशन: १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परिक्षा वैशाख ११ गतेबाटै गर्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री ओलीले राज्यले सवै किसिमकाे सुरक्षा दिने बताएका छन् । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए ।

    उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’ बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय र विद्यार्थीहरूले परीक्षा समयमै गर्न अनुरोध गरेको बताए ।

    उनले भने,‘परीक्षा केन्द्र तोकिसकिएको छ । परीक्षा समय मै होस् भनेर हरेक अनुरोध आएको छ । आज पनि हामीले हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न भनेका छौं ।’

    साढे ५ लाख विद्यार्थीको भविष्य गाँसिएकाले यो परीक्षा सञ्चालन गर्नैपर्नेमा उनको जोड थियो ।

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - ०९:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij