Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन नटुंगिनु शिक्षामन्त्रीकै कमजोरीले होः महेश बस्नेत

शिक्षक आन्दोलन नटुंगिनु शिक्षामन्त्रीकै कमजोरीले होः महेश बस्नेत


  • 4.5K
    Shares

    • images
    शिक्षक आन्दोलन नटुंगिनु शिक्षामन्त्रीकै कमजोरीले होः महेश बस्नेत

    काठमाडौं । एमाले नेता महेश बस्नेताले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुलाई उनकै कमजोरीको रुपमा चित्रण गरेका छन् । राजीनामा लगत्तै फेसबुकमा स्टाटस लेख्दै प्रतिक्रिया जनाएका हुन् ।

    आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरुप मन्त्रीको राजीनामा आउनु उनकै कमजोरीको संकेत भएको बस्नेतको भनाइ छ । मन्त्री भएको बेलादेखि नै भट्टराईको कार्यसम्पादनमा कमजोरी रहेको दावी पनि उनले गरेका छन् ।

    बस्नेत लेख्छन्, ‘मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।’

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १८:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij